भारत। 'दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२'मा दक्षिण भारतीय चलचित्र 'पुष्पा- द राइज'लाई वर्षकै उत्कृष्ट चलचित्र घोषणा गरिएको छ। आइतबार मुम्बईमा आयोजना भएको कार्यक्रममा अल्लु अर्जुन र रश्मिका मन्दनाको 'पुष्पा'ले यस वर्षकै उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको हो।
त्यसैगरि रणवीर सिंहले चलचित्र '८३' बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। चलचित्र 'मिमी' बाट कृति सेननले उत्कृष्ट अभिनेत्री पाउँदा सिद्धार्थ मल्होत्राको 'शेरशाह' ले उत्कृष्ट चलचित्र विधातर्फको उपाधि हात पार्यो।
कार्यक्रममा 'क्यान्डी' ले उत्कृष्ट वेबसिरिज जित्दा वेब सिरिजतर्फ सर्वश्रेष्ठ अभिनेता मनोज बाजपेयी र उत्कृष्ट अभिनेत्री अभिनेत्री रवीना टण्डन भए।
क्रिटिक्स उत्कृष्ट अभिनेताको अवार्ड सिद्धार्थ मल्होत्राले पाए भने कियारा आडवाणीले बेस्ट क्रिटिक्स अभिनेत्रीको अवार्ड उचालिन्।