प्रदीप खड्काको 'प्रकाश'सँग भिड्दै सृष्टि श्रेष्ठको 'राधा'

काठमाडौँ - सुवर्ण थापाले निर्देशन गरेको फिल्म फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन भएको छ। भदौ २४ गते प्रदर्शन हुने भनिएको फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुने भएको हो। मंगलबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ।

योसँगै प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’सँग 'राधा'ले भिड्ने पक्का भएको छ। 'राधा'काे सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठले बच्चालाई बोकिरहेकी छिन्। 

फिल्ममा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक थापाले तयार पारेका हुन्।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×