काठमाडौँ। पुर्वेली लोक भाकामा तयार गरिएको गीत 'सुपारी सुटुक्कै' सार्वजनिक गरिएको छ। गीतमा संगम शेर्मा र बाल गायिका पेमा डेचेन तामाङको आवाज रहेको छ भने डिआर अटुको शब्द तथा संगीत रहेको छ। दिनेश माङ्गुमको निर्देशनमा तयार भएको गीतको भिडियोमा हास्य कलाकार विल्सन विक्रम राई, बाल गायिका स्यंम, पुष्पाञ्जली तिलिङ मादेन, रुद्र पाहिम, चन्द्र घले तामाङ, र प्रिया लिम्बुको अभिनय रहेको छ।
भिडियोमा बुद्ध थापाको छायाङ्कन, अनिल रानाको सम्पादन रहेको गीतको भिडियो युट्युब च्यानल 'नेपाल मिडिया'बाट सार्वजनिक गरिएको हो।
भिडियो: