काठमाडौंँ - लालिगामा आइतबार ३ खेल हुँदैछन्। रियाल म्याड्रिडको गृह मैदानमा हुने पहिलो खेलमा घरेलु टोली र मल्लोर्का आमने सामने हुनेछन्। म्याड्रिड र मल्लोर्का बेलुकी पौने ६ बजे आमने-सामने हुनेछन्।
म्याड्रिड आफ्नो पाँचौँ जितको खोजीमा रहेको छ भने मल्लोर्का दोस्रो जितको खोजीमा छ। लगातार ४ जित निकालेको म्याड्रिड १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। मल्लोर्का भने ५ अंकसहित १३ औँ स्थानमा रहेको छ। अर्को खेलमा एल्चे र एथलेटिक बिलिबाओ राति ८ बजे भिड्दैछन्। एल्चेको गृह मैदानमा हुने खेलमा घरेलु टोली पहिलो जितको खोजीमा छ। एथलेटिक भने तेस्रो जितको खोजीमा रहेको छ।
एल्चे १ अंकसहित तालिकाको १८ औँ स्थानमा रहेको छ। ७ अंक जोडेको एथलेटिक भने सातौँ स्थानमा रहेको छ। अर्को खेलमा भने गेताफे र रियाल सोसिडाड राति सवा १० बजे भिड्दैछन्। गेताफे पहिलो जितको खोजीमा छ। सोसिडाड भने तेस्रो जितको खोजीमा छ। १ अंक जोडेको गेताफे १९ औँ स्थानमा रहेको छ। ७ अंक जोडेको सोसिडाड भने तेस्रो जित निकाल्न चाहन्छ।