छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

बाँके । नपालगन्जको कारकाँदोस्थित एक निजी विद्यालयका सञ्चालक एवं प्रिन्सिपल एक छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडित छात्राको उजुरीका आधारमा स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउन्डर प्रिन्सिपल हिक्मत रावललाई प्रहरीले पक्राउ गरेको हो । 
प्रहरीका अनुसार गत मंसिर २३ गते नै परेको उजुरीका आधारमा रावललाई २४ गते विद्यालयबाटै पक्राउ गरेको थियो । रावललाई अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको एक हप्ता पछिमात्र सार्वजनीक गरिएको हो ।
रावलमाथि पटक-पटक छात्रालाई बलात्कार गरेको आरोप रहेको छ । रावलले छात्रालाई पटक पटक प्रलोभन एवं त्रास देखाएर यौन सम्बन्ध राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएका छन् । उनले आफ्नै वद्यार्थीलाई ट्युसन पढाउन बहानामा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । गत साउन २२ गते पहिलो पटक प्रलोभनमा पारेर शिक्षक रावलले बलात्कार गरेको र त्यसपछि उक्त भिडिओ आफूले सुरक्षित राखेको भन्दै त्यो सार्वजनिक गरिदिने डर, त्रास र धम्की दिँदै पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले बताएका छन् । भिडिओ सार्वजनिक गरिदिने डर धम्की र त्रास दिएर पीडित छात्रालाई ती शिक्षकले भारतको लखनऊसम्म लगेर यौन शोषण गरेको जाहेरीमा उल्लेख छ ।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×