दक्षिण भारतीय हाँस्य कलाकार ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित

काठमाडौँ - नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय चर्चित हाँस्य कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। नीता फिल्मसले निर्माण गर्ने यस फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने पक्का भएको अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत जानकारी दिएकी छिन्।

फिल्म ‘ह्रस्व दीर्घ’  टिम र ब्रह्मानन्दमबिच अभिनयका लागि सम्झौता भइसकेको छ। कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको गिनिज वल्ड रेकर्ड होल्डर हुन्। तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन्।

ब्रहमानन्दमलाई कलाकारको रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको नीताले बताएकी छिन्।

यसअघि पनि यस फिल्ममा भारतीय कलाकार सुनिल वर्मा, प्रदीपराज रावत,अली अनुबन्धित भइसकेका छन्। फिल्मलाई बलिउड सिनेमेटोग्राफर कविर लालले खिच्ने बताइएको छ।

चन्द्र पन्तको निर्देशन रहने यस फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहनेछ। साथै फिल्ममा सरोज खनाल र सलोन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहने बताइएको छ।

दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी ’रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×