काठमाडौँ - इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६-१ अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा १ गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो।
इन्टरको जितमा फेडरिको डिमार्कोले २ गोल गरेका थिए। यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान १-१ गोल गरेका थिए। बोलोग्नाका ल्योकोजियानिसले १ गोल फर्काएका थिए।
जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा रहेको छ।