काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
आज (मंगलबार) बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसलगत्तै राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरे ।