हर्षलले एसिया कप गुमाउने सम्भावना

काठमाडौँ - भारतीय तीव्र गतिका बलर हर्षल पटेलले एसिया कप गुमाउने सम्भावना बढेको छ। उनले शनिबार करङको चोटका कारण वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज गुमाएका थिए।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्लोरिडामा भइरहेको चौथो खेल अघि हर्षललाई करङको चोट लागेको जानकारी दिएको थियो।

हर्षलले इङ्ल्यान्डविरुद्ध तीन वटै टी-२० आई खेल खेलेका थिए। उनले २३.२५ को औसत र ८.४५ को इकोनोमीमा ४ विकेट लिएका थिए। भारतले सिरिज २-१ ले जितेको थियो।

बीसीसीआईले हर्षल कति समयसम्म निको हुने भन्नेबारे कुनै जानकारी दिएको छैन। वेस्ट इन्डिजपछि भारतले ३ खेलको एकदिवसीय सिरिजका लागि जिम्बाब्वे भ्रमण गर्नुपर्नेछ। त्यसपछि टोली टी-२० फर्म्याटमा खेलिने एसिया कपका लागि युएई जानेछ।

हर्षल गत वर्ष डेब्यू गरेदेखि नै भारतीय टी-२० टोलीको नियमित सदस्य रहेका छन्। २०२२ को १५ टी-२० खेलहरूमा उनले ८.७६ को इकोनोमीमा १९ विकेट लिएका छन्। यो अवधिमा भुवनेश्वर कुमारले मात्रै उनीभन्दा १ विकेट बढी लिएका छन्। भुवनेश्वरले २० विकेट लिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×