काठमाडौँ - प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको आठ मन्त्रीले जवाफ दिएका छन्।
आइतबार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका हुन्।
प्रतिनिधिसभाको अर्को असार ११ गते सोमबार बिहान ११:०० बजे बस्ने बैठकमा १० मन्त्रीले जवाफ दिनेछन्।
सोमबारको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।