उरुग्वेलाई रोक्ने रणनीतिमा दक्षिण कोरिया

काठमाडौँ - डार्विन नुनेज र ह्युङ मिन सनले इंग्लिस प्रिमियर लिगमा जादुमय प्रदर्शन गर्दै आएका छन्। प्रिमियर लिगमा युवा खेलाडीको प्रभावसमेत राम्रो छ। लिभरपुलका नुनेज र टोटनह्यामका २ खेलाडी एकले अर्कालाई प्रतिस्पर्धामा पछि पार्न चाहन्छन्।

कतार फिफा विश्वकपमा समेत २ खेलाडी एकअर्काविरुद्ध मैदानमा उत्रँदै छन्। एजेकुसेन सिटी मैदानमा बिहीबार हुने समूह ‘एच’ को खेलमा उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ। मैदानमा उत्रँदा दुवैको लक्ष्य आफूलाई उत्कृष्ट प्रमाणित गर्ने र पहिलो जित निकाल्ने हुनेछ।

दक्षिण अमेरिकी राष्ट्र उरुग्वे फिफा वरीयतामा १४औँ स्थानमा रहेको छ। एसियाली जायन्ट कोरिया २८औँ स्थानमा रहेको छ। विश्वकपअघिको ५ खेलमा दक्षिण कोरिया अपराजित छ। दक्षिण कोरिया ३ खेलमा जित आत्मसात् गर्दा २ खेल बराबरीमा रोकिएको छ। आइसल्यान्ड, क्यामरुन र इजिप्टलाई हराएको दक्षिण कोरियाले कोस्टारिका र पाराग्वेसँग बराबर खेलेको हो। उरुग्वे पछिल्लो ५ मध्ये ३ खेलमा जित निकालेको छ।

उरुग्वे १ खेल बराबर गर्दा १ खेलमा पराजित भएको छ। उरुग्वेले क्यानडा, पानामा र मेक्सिकोलाई हराएको थियो। उरुग्वे अमेरिकासँग बराबरीमा रोकियो। एसियन मुलुक इरानसँग उरुग्वे पराजित भएको थियो। सेप्टेम्बरमा मात्रै इरानसँग पराजित भएको डिएगो एलेन्सोको उरुग्वे कोरियासँग सजग हुनेछ।

उरुग्वेलाई नुनेजसँगै अनुभवी स्ट्राइकर लुइस सुआरेज, फेडेरिको भाल्भार्डेजस्ता उत्कृष्ट अट्याकरको साथ छ। दक्षिण कोरियाले सनसँगै उल्भ्सबाट खेल्दै आएका ही चान ह्वाङबाट अट्याकमा ठूलो आशा गर्नेछ। लगातार २ एसियाली मुलुकले निकालेको नतिजापछि कोरियासमेत विश्वकपमा उरुग्वेविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने योजनामा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×