पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी

काठमाडौँ - पाकिस्तानसँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का २ सय ४६ रनले विजयी भएको छ। गाल्लेमा श्रीलङ्काले दिएको ५ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिनको खाना समयपछि २ सय ६१ रन बनाएर अलआउट भयो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए। बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ५ र रमेश मेन्डिसले ४ विकेट लिए।

पहिलो पारीमा १ सय ४७ रनको अग्रता बनाएको श्रीलङ्काले दोस्रो पारीमा ८ विकेट गुमाएर ३ सय ६० रनमा पारी समाप्तिकाे घाेषणा गरेपछि पाकिस्तानले ५ सय ८ रनको लक्ष्य पाएको हो। पहिराे पारीमा पाकिस्तान २ सय ३१ रनमा अलआउट भएकाे थियाे।

आजको जितसँगै २ खेलको शृङ्खला १-१ को बराबरीमा सकिएको छ। पहिलो टेस्ट पाकिस्तानले जितेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×