महिला ट्राफिकलाई महिनावारीका बेला सडकमा नखटाउने गृहमन्त्रीको निर्णय आजै कार्यान्वयनमा

काठमाडौं । महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय आज (मंगलबार) देखि नै लागू भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिएका छन् ।

‘हामीले मातहतलाई निर्देशन दिइसकेका छौँ । महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको छ’, एसएसपी श्रेष्ठले भने । सरकारले महिनावारीका बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने निर्णय गरेको हो ।

मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा चार दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका हुन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×