उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुन सक्दैन : अध्यक्ष यादव

धनुषा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्बृद्ध हुन नसक्ने बताएका छन् ।

जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्बृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताएका हुन्।

मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वषौँदेखि विभेदमा रहेको मधेसीहरू मधेश आन्दोलनकै कारण सम्मान पूर्वक जीवनयापन गर्न थालेको बताए। मधेश आन्दोलनकै कारण शोषित वर्ग राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेतृसमेत रहेका मन्त्री यादवले मधेशी, जनजाती, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरिन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×