संसद् बैठक दिउँसो १ बजेलाई सर्‍यो

काठमाडौँ - संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक १ बजेका लागि सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा सारिएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ। विश्वासको मत दिने बारे निर्णय गर्न कांग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो। तर, अहिलेसम्म पनि सो बैठक सुरु हुन सकेको छैन। 

कांग्रेसका पदाधिकारीहरुसहित शीर्ष नेता यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीका छलफलमा जुटेका छन्। बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×