बैंक र टेलिकम सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

काठमाडौं । अब बैंक र टेलिकम सेवाहरूमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने भएको छ ।

हाल विद्युतीय पासपोर्टमा मात्र अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र नम्बर बैंक र टेलिकम सेवाहरूमा पनि अनिवार्य गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सुवास ढकालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र समावेश गर्ने विषयमा सम्बन्धित निकायहरूसँग चरणवद्द छलफल भैसकेको उनले बताए ।

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै मोबाइल तथा दूरसञ्चार सेवा लिन र बैंक खाता खोल्न समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्नेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×