प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना

पर्सा - पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ। हेल्पडेक्समार्फत सेवाग्राहीका लागी निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। विवरण फारम भर्न सेवाग्राहीबाट अस्वभाविकरुपमा शुल्क लिइ साइबर कप्युटर र स्टेशनरी पसलहरुले अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो।

जिप्रकाको कोठा नम्बर ७ बाट निःशुल्करुपमा अनलाइन फारम भर्ने व्यवस्था पनि मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए। कार्यालयद्धारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरुलाई राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम नभर्न/नभराउन पनि आग्रह गरिएको छ। सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि उल्लेख छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×