काठमाडौँ - नर्वेजियन स्ट्राइकर एर्लिङ हालाण्ड इतिहाद आइसकेपछि म्यानचेस्टर सिटीले नौ नम्बरको जर्सी लगाउने विश्वकै उत्कृष्ट खेलाडीलाई अनुबन्धन गर्न सफल भएको छ।
म्यानचेस्टर सिटीका खेलाडी केभिन डि ब्रुयना पनि मान्छन्,‘क्लबले प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा हालाण्ड जस्ता खेलाडी खोजिरहेको थियो।’
हालाण्ड भर्खरै मात्र जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ५१ मिलयन पाउण्डमा प्रिमियर लिगमा आएका हुन्। उनको आगमनले सिटीको आक्रमण अझ मजबुद भएको विश्वास गरिएको छ।
‘ग्वार्डिओला सधैँ फुटबलमा नौं नम्बरको जर्सी लगाउने खेलाडीको खोजीमा थिए’ ब्रुयना भन्छन्, ‘क्लबले लामो समयका लागि समक्ष खेलाडी खोजी गर्न सफल भएको छ।’
‘हालाण्ड उच्च श्रेणीका स्ट्राइकर हुन्’ ब्रुयनाले भनेका छन, ‘उनको आगमनले टोलीलाई अघि बढ्न थप मदत गर्नेछ। सबैले उनीबाट धेरै आस गरेका छन्। हामीले सधैँ नौ नम्बर खोजिरहेका थियौं।’
‘मलाई लाग्छ, उनी जस्ता स्ट्राइकर टोलीमा हुनु निकै राम्रो हो। जसले सिजनमा २० देखि २५ गोल गर्न सक्छन्’ उनले भने।
यसको सिजन प्रिमियर लिगमा १५ गोल गर्नुका साथै ८ गोलका लागि अवसर सिर्जना गरेका ब्रुयनाले ‘प्लेयर अफ दी सिजन’को अवार्ड हात पारेका थिए। उनले हालाण्डको आगमनले आफुलाई पनि थप सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन्।