कम्पनी रजिष्ट्रारको अतिआवश्यक बाहेकका सेवा बन्द

काठमाडौँ- कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ।

कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुरु गर्ने गरी कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेका बाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिएका हुन्। उनले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×