विश्वकप फुटबलमा पहिलो पटक: महिला रेफ्रीदेखि नयाँ अफसाइड प्रविधिसम्म

काठमाडौँ - फुटबलको महाकुम्भ विश्वकप नोभेम्बर २० देखि कतारमा आयोजना हुँदैछ। कतार विश्वकपका लागि तयारी लगभग पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् भने टिमहरुले तयारीलाई अन्तिम रुप दिन लागेका छन्। फिफा विश्वकप पहिलो पटक अरब राष्ट्रमा हुँदैछ। यो विश्वकपमा पहिलो पटक हुन लागेका केही तथ्य यहाँ प्रस्तुत गरिएको छ।

सेमी अटोमेटेड अफसाइड प्रविधि

कतार विश्वकप २०२२ मा पहिलो पटक सेमी अटोमेटेड अफसाइड प्रविधिको प्रयोग हुने भएको छ। यसका लागि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘अर्धस्वचालित अफसाइड टेक्नोलोजी विश्वभर लागू गरिएको भीएआर प्रणालीको विकास हो।’ सेमी ओटोमेटेड अफसाइड टेक्नोलोजी र जडान गरिएको बल टेक्नोलोजीको अरब कप २०२१, फिफा क्लब विश्वकप २०२१ लगाएत विभिन्न प्रतियोगितामा प्रयोग गरेपछि पहिलो पटक कतार विश्वकपमा यो प्रविधि भित्र्याइएको छ।

पाँच खेलाडी परिवर्तन

कोरोना महामारीपछि प्रत्येक टोलीले ३ को सट्टा ५ खेलाडी परिवर्तन गर्न पाएको थियो। यो नियम फिफा विश्वकपमा पनि लागु हुनेछ। यो निर्णय अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डले जुनमा घोषणा गरेको थियो। यो नियम क्लब फुटबलमा व्यापक रूपमा प्रयोग भएको थियो र सबै टोलीका लागि उपयोगी साबित भयो। विश्वकपको समयमा पनि यो नियमले टोलीका प्रशिक्षकलाई नयाँ रणनीति बनाउन मद्दत गर्नेछ।

प्रत्येक टोलीमा २६ खेलाडी

अहिलेसम्म प्रत्येक टोलीमा जम्मा २३ खेलाडी थिए तर कोरोना महामारीपछि यो संख्या २६ पुगेको छ। यस विश्वकपमा पनि प्रत्येक टोलीमा २६ खेलाडी हुनेछन्। युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका कपमा पनि प्रति टोली २६ खेलाडी राख्ने अनुमति दिइएको थियो।

महिला रेफ्री

फिफा पुरुष विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्नेछन्। यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ। तीमध्ये ३ महिलाहरू छन्- यामाशिता योशिमी, सलिमा मुकानसांगा र स्टेफनी फ्रापार्ट। यसका साथै नौजा ब्याक, करेन डियाज मेडिना र क्याथरिन नेस्बिट पनि ६९ सहायक रेफ्रीमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×