बारको आन्दोलन एनजिओ, पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पदाधिकारीले निजी स्वार्थ हो : रुद्र पोखरेल 

काठमाडौँ। नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले गोलाप्रथा लागु हुनुमा जितको कसको भनेर भन्न नहुने स्पष्ट पारेका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो गोलाप्रथा लागु भएको विषयलाई कसैको जित र हारको विषयमा हेर्न नहुने तर्क गरे। बरु, यसलाई लागु गरेर र प्रयोग र प्रयासको रुपमा हेर्नुपर्ने उनले सुझाए। 

उनले भने, ‘प्रधानन्यायाधीश कार्तिक ७ गते नै गोला प्रणाली लागु गर्न तैयार हुनुहुन्थ्यो। तर अरु १९ जना न्यायाधिश त्यसका लागि तैयार थिएनन् जुन अहिले पुष्टी भैसकेको छ। कसले नियमावली संशोधन गर्ने रहेछ गोला प्रणाली लागु गर्न ? दिपक कार्की र उनका हड्ताली न्यायाधीशहरुले। आखिरमा उहाँहरूले नगरी नियमावली संशोधन त नहुने रहेछ। नियमावली संशोधन गरेर लागु नगरेको भए, प्रधानन्यायाधीशको राणा दोषी हुनुहुन्थ्यो। तर उहाँ त सुरु देखि तैयार हुनु हुन्छ।’ 

उनले थपे , ‘हेर्दा थाहा हुन्छ यहाँ एकोहोरो छेकेर ल्याईएको छ, तथ्यलाइ नै ढाटेर  ल्याईएको छ। १९ जना न्यायाधिशले पास नगरी त गोला प्रणाली लागु नहुने रहेछ। अनि आज लागु भए पछि पनि उनै न्यायाधिशहरुले हड्तालमा छन्। भोलि देखि फेरी पहिला जस्तै तलब भत्ता चै खाने सुबिधा लिने र १० बजे  बैठक मा बस्ने तर मुद्दा हेर्ने काम नगर्ने  गर्ने छन्। यो गोला प्रणालीको बिरोध गर्ने काम भनेको दिपक कार्की र उनको टिम हो।’

उनले भने , ‘प्रधानन्यायाधीश राणाले दुइटा कमिटि बनाउनु भएको थियो। एउटा भ्रस्टाचार र अनियमितता  सम्बन्धी कमिटी जसको नेतृत्व हरिकृष्ण कार्कीले गर्नु भयो र अर्को अटोमेसम सम्बन्धी कमिटी जसको नेतृत्व दिपक कार्कीले गर्नु भयो। हरिकिष्ण कार्कीले आफ्नो प्रतिबेदन दिदा सुधारका थुप्रै बुदा मथ्ये एउटा अटोमेसन लागु गर्ने त्यो नहुदा सम्म अन्तरिम ब्यबस्थाका रुपमा गोला प्रणालीमा जानु पर्छ भने सुझाब दिनु भएको थियो। खास अटोमेसनको सम्बन्धी नेतृत्व दिपक कार्कीले गर्नु भएको थियो तर उहाँले त त्यसको रिपोर्ट सम्म दिनु भएको छैन। यसबाट के प्रस्ट हुन्छ भने अटोमेसन र गोला प्रणालीको खास बिरोधी नै दिपक कार्की र टिम हो। जुन कुरा कुनै मिडिया सम्मले लेख्दैन।’

उनले कुराकानीको दौरान भने, ‘गोला प्रणाली अझ भनौ अटोमेसन कसरी लागु गर्ने प्रतिबेद बनाउने जिम्मेवारी पाएको मान्छे दिपक कार्की नै त्यो जिम्मेवारी छाडेर आन्दोलनको नेतृत्व गरेर बस्नु भएको छ। अब उहाँबाट गोला प्रणाली ,अटोमेसन लागु हुन्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ?’

उनले भने, ‘उहाँहरु त आजै देखि हड्ताल गर्न हिडी सक्नु भयो। कति सम्म भने बारका नेताहरु बेन्च बेन्चमा गएर प्रधानन्यायाधीश को हो ? टुंगो नलागे सम्म मुद्दा नहेर्नोस भन्दै हिड्नु भएको छ। आन्दोलन भनिएको छ नि, यो भनेर दिग्भ्रमित बनाईएको छ। अराजकतामा गैसक्यो अब। अब बारको आन्दोलन बारको हातभन्दा माथि, मैले भनेको छु केही एनजिओका मान्छेहरु र पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पूर्व पदाधिकारीहरुले यसलाई एकदमै दिग्भ्रमित बनाएर कानून व्यवसायी, कानून व्यवसाय, अदालतको सबै मर्यादा नामेट बनाउन लागिपर्नुभएको छ।’ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×