मिरुना मगर र फुर्वा तामाङ प्रकरणबाट पाठ: स्वस्तिमालाई बडिगार्ड

काठमाडौँ - अभिनेत्री मिरुना मगर र फुर्वा तामाङ प्रकरण अहिलेसम्म सेलाउन पाएको छैन। विवाद चर्किंदै जाँदा भारतको सिक्किममा फिल्मलाई प्रतिबन्ध लगाइएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा कायमै छ।

‘कबड्डी ४’ फिल्मको हल दौडाहामा पुगेको बेला सिभिल मलमा फुर्वाले मिरुनालाई दुर्व्यवहार गरेको भन्दै विवाद उत्पन्न भएको थियो। अंगरक्षक नहुँदा उक्त घटना हुन नपुगेको कतिपयले विश्लेषण गरेका थिए। निर्माताले पनि बडिगार्ड राखेको भए हुने भन्दै महसुस गरेका थिए।

गत महिना भएको उक्त घटनाको विवाद सेलाउन नपाउँदै शुक्रबार रिलिज भएको नयाँ फिल्म ‘चिसो मान्छे’ले भने मिरुना मगर प्रकरणबाट सतर्क हुँदै अभिनेत्री स्वस्तिमा खड्कालाई बडिगार्डको व्यवस्था गरेको छ।

फिल्मको हल ‘भिजिट’मा स्वस्तिमा र अर्पण थापाको दायाँबायाँ दुईजना बडिगार्ड पनि उनिहरु सँगै कुदिरहेका छन्। वान सिनेमाज् र बिग मुभिजमा बिहान पुगेकी स्वस्तिमाका लागि बडिगार्डले भीड नियन्त्रणको प्रयास गरिरहेका थिए।

निर्मात्री शर्मिला पाण्डेका अनुसार कलाकारको सुरक्षाको लागि हल भ्रमणभर ती बडिगार्ड सँगै रहनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×