रियालमा युवा मिडफिल्डर छुवामेनी अनुबन्ध

काठमाडौँ - रियाल मड्रिडले फ्रेन्च क्लब मोनाकोका डिफेन्सिभ मिडफिल्डर ओगेलिया छुवामेनीलाई एक सय मिलियन युरोमा अनुबन्ध गरेको छ। अनुबन्धन भएसँगै उनी पाँच वर्षका लागि रियालमा रहने भएका छन्।

युरोपेली च्याम्पियन रियालले २२ वर्षका युवा मिडफिल्डरलाई भित्र्याएको हो।

लिभरपुल र पिएसजीले पनि उनीमाथि अनुबन्धको प्रयास गरेका थिए। तर,उनले रियाल मड्रिडमा नै विशेष चासो राखेपछि स्पेनिस क्लबमा पुगेका हुन्। 

रियाल मड्रिडले यसअघि फ्रान्सकै मिडफिल्डर कामाभिंगालाई पनि क्लबमा ल्याइसकेको छ। त्यस्तै रियालले जर्मन डिफेन्डर टोनी रुडिगरलाई पनि क्लबमा अनुबन्धन गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×