प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि आर्सनलको जित

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा एमिल स्मिथ रोव र बुकायो साकाले एक एक गोल गरेका थिए। त्यस्तै ब्रेन्टफोर्डका लागि क्रिस्टियन नोर्गार्डले एक गोल फर्काएका थिए।

यो जितपछि आर्सनलको २३ खेलमा ४२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ। त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×