काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलमा सर्बियाले स्वीडेनलाई हराएको छ। सर्बियाले स्वीडेनमाथि ४-१ को पूनरागमन जित निकालेको हो।
गएराति भएको खेलको १५औँ मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो। तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो।
सर्बियाका एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक गरेका थिए। त्यस्तै सासा लुकिकले थप १ गोल गरेका थिए। यस जितसँगै सर्बिया लिग 'बी' समूह ४ मा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान १० अंक रहे पनि नर्वे शीर्षस्थानमा रहेको छ।
पराजित स्वीडेन ३ अंक जोडेर पुछारमा रहँदा स्लोभेनियाको ५ अंक रहेको छ।