अर्जेन्टिना भर्सेस मेक्सिकोः प्लेयर्स टु वाच

काठमाडौँ - कतारमा जारी फिफा विश्वकपको समूह‘सी’अन्तर्गत राति १२:४५ मा हुने खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ। पहिलो खेलमा साउदी अरेबियासँग २-१ ले पराजित अर्जेन्टिनालाई अघिल्लो चरणको सम्भावना जिवितै राख्न आज जित्नै पर्ने दबाब छ।

यसअघि पोल्याण्डसँग गोलरहित बराबरी खेलेको मेक्सिको पनि अर्जेन्टिनालाई हराउँदै पहिलो जित हात पार्ने लक्ष्यमा छ। यी दुईबीचको खेल लुसेल स्टेडियममा हुनेछ।

आजको खेलका‘प्लेयर्स टु वाच’

लाउटारो मार्टिनेज
इटालियन क्लब इन्टर मिलनाका अर्जेज्टिनी स्ट्राइकर मार्टिनेजले आक्रमणमा कप्तान लियोनल मेस्सीलाई साथ दिँदै आएका छन्। साउदी अरेबियाविरुद्ध उनका २ गोलले मान्यता नपाउँदा टोलीले हार व्यहोरेको थियो। दुवै गोलमा मार्टिनेज अफसाइड देखिए पछि त्यसले मान्यता पाएको थिएन।

उनी मेक्सिकोका लागि समस्या बन्न सक्छन्। पछिल्लो समय राम्रो लयमा देखिएका मार्टिनेजले देशका लागि ४१ खेलमा २१ गोल गरेका छन्।

गुइलेर्मो ओचोआ
क्लब अमेरिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेक्सिकन गोलरक्षक ओचोआलाई विट गर्दै गोल गर्न कसैलाई पनि लागि सहज छैन। उनले उत्कृष्ट बाचाउ गर्दै टोलीको हार टार्दै आएका छन्।

पोल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उनले रोर्बट लेवान्डोस्कीको पेनाल्टी प्रहारलाई रोक्दै टोलीको हार टारेका थिए। अर्जेन्टिनाका लागि पनि ओचोआ बाधक बन्न सक्छन्। उनले मेक्सिकोका लागि १३२ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×