काठमाडौँ - नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई आज पक्राउ गरेको हो।
पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले रु सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ।
पक्राउ भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र ढुङ्गानालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ।