संघ सरकार र अदालत भारतको ‘गुलाम’ भएको मेयर बालेनको टिप्पणी

काठमाडौं - काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन्। देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बताएका छन्।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ। म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ,” बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो। अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुन सुकै सजाय भोग्न तयार छु। तर, फिल्म चल्दैन र चल्न दिइने छैन।”

जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद ‘आदिपुरुष’मा समावेश भएको भन्दै मेयर बालेनले उक्त संवाद सिनेमाबाट नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने बताएका थिए। उनले सिनेमा चल्न नदिने सामाजिक सञ्जालमा लेखेपछि उक्त सिनेमा काठमाडौंका हलमा चल्न सकेन। पोखरा महानगरपालिका र धरान उपमहानगर पालिकाका मेयरले पनि सिनेमा चल्न नदिने बताएपछि वितरकले देशभरका हलबाट ‘आदिपुरुष’ सिनेमा हटाइसकेका सकेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×