काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्।
निमन्त्रणा पाएको भए पनि आफू जान नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै स्थायी समिति सदस्य लिलामणि पोखरेललाई पठाएका छन्। एमाले केन्द्रीय सदस्य राजन भट्टराई प्रचण्डलाई निम्तो दिन प्रचण्ड निवास खुमल्टार नै पुगेको भए पनि प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्न पोखरेललाई पठाएका हुन्। काभ्रेमा हुने दुई कार्यक्रममा आफू व्यस्त रहने भएका कारण चितवनमा हुँदै गरेको एमाले महाधिवेशनमा आफू उपस्थित हुन नसक्ने प्रचण्डले बताएका हुन्।
एमालले पार्टीबाट विभाजित नेकपा एकीकृत समाजवादीलाई भने निमन्त्रणा पठाएको छैन।