तनहुँमा विदेश जानेलाई खोपको व्यवस्था मिलाइने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । भिसा र राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको कार्यालयमा यही पुस १६, १८ र १९ गते खोप लगाइनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×