यु १५ महिला साफका लागि एन्फाले खुला छनोट गर्ने

काठमाडौँ - यु-१५ साफ महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिम बनाउन खुल्ला खेलाडी छनोट गर्ने भएको छ।

एन्फाले सोमबार आफूअन्तर्गत गठित ४८ जिल्ला फुटबल संघलाई छनोटका लागि १५ वर्षमुनिका खेलाडीलाई पोजिसन अनुसार छनोट गर्न आग्रह गरेको हो। एन्फाले सन् २००७ जनवरी १ सम्म जन्ममिति भएका खेलाडीहरुले छनोटमा सहभागी हुन पाउने जनाएको छ।

एन्फाले भदौ २ गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनोटमार्फत सम्बन्धित जिल्लाका प्रशिक्षकहरुले सोही दिनको साँझ एन्फामा छनोट भएका खेलाडीहरुको नामावली र फारम पठाउनुपर्ने जनाएको छ।

यस्तै, भदौ १५ गतेदेखि १९ गतेसम्म ५ दिनको प्रदेशस्तरीय छनोट हुने र २३ गतेदेखि २८ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय स्तरको छनोट हुनेछ।यसपछि भदौ ३० गते प्रारम्भिक चरणमा ४० जना खेलाडीको नामावली प्रकाशन गर्ने र ३१ गतेदेखि प्रशिक्षण हुने तालिका रहेको छ।

असोज ७ गते ४० जनाबाट २५ जना खेलाडी छनोट गर्ने, १६ गतेदेखि २२ गतेसम्म दसैं विदा र २३ गतेदेखि २० दिनको प्रशिक्षण सुरु गर्ने एन्फाले तालिका सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षकको विषयमा भने एन्फाले कुनै निर्णय गरेको छैन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×