कृष्णनगरमा कांग्रेसको नेतृत्व

चन्द्रौटा - कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका हुन् । 

विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरे छन् । 

कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन, माओवादी र जसपाले दुई/दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक/एक वडा जितेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×