जेनजी आन्दोलन : सुदूरपश्चिमका ८ जिल्ला कारागार खाली, १४०० कैदीबन्दी फरार

२५ भदौ, धनगढी । जेनजी आन्दोलन चर्किएसँगै सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेकका सबै जिल्ला कारागारका कैदीबन्दी भागेका छन्। मंगलबारको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरूले कैदीबन्दीलाई कारागारमै पुगेर मुक्त गराएका हुन्।

प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारका कम्तीमा ७०० सहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेका छन्। कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीमध्ये २२ जनाले कानुन उल्लङ्घन नगर्ने भन्दै कारागारमै बस्ने निर्णय गरेका छन्।

बझाङ कारागारका ८५ मध्ये ६६ जना फरार भए पनि केही कैदी अझै कारागारमै रहेका छन्। भागेकामध्ये पाँच जनालाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ। अधिकांश जिल्ला कारागार खाली भएपछि प्रदेशको सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×