सालाहले जिते पीएफए प्लेयर द इयर अवार्ड

काठमाडौँ - लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन्। प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो। सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारेका छन्। उनि दोस्रो पटक यो अवार्डबाट सम्मानित भएका हुन्।

अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए। 

सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए। महिलातर्फ भने चेल्सीकी साम केर उत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×