एसी मिलानविरुद्ध चेल्सीको जित

काठमाडौँ - यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई पराजित गरेको छ। समूह चरणअन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले एसी मिलानलाई ३-० गोल अन्तरले हराएको हो।

खेलको २४औं मिनेटमा वेस्ले  फोफानाले गोल गर्दै चेल्सीलाई सुरवाती अग्रता दिलाएका थिए। ५६औं मिनेटमा पिएरे एमरिक अबमेयाङले चेल्सीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ६२औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाएका हुन्।

समूहमा ३ खेलमा चेल्सीको ४ अंक पुगेको छ। टोली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×