ट्राफिक सचेतना सप्तारह २०८०ः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं - सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्तािहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात भएको थियो । 

विहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन भएको रक्तदान कार्यक्तममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पुर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक भोलेन्टियर सहित केही सर्वसाधरण गरी एक सय २० जनाले रक्तदान गरेका थिए । 

ट्राफिक सप्ताणहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा  स्काउट लगायत सवारी चालक र परि–चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका सचेतनामूलक कार्यक्रमहरु भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×