इटालियन सिरी एः रोमाको जित, रोकियो युभेन्ट्स

काठमाडौँ - इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ। सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाए पनि पाएको अवसर सदुपयोग गर्न सकेन। 

बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकालेको छ। रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गरेको हो। क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।

लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×