काठमाडौं - दुई दिने नेपाल भ्रमणमा रहेको भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
आज (बिहीबार) साँझ जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।
उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिसकेका छन् ।