काठमाडौँ । कोभिड-१९को संक्रमण बढेसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय बन्द गर्न गरेको सिफारिसका विषयमा छलफल गर्दै उक्त सिफारिस कार्यान्वयन गर्ने भएको हो । मन्त्रालयका अनुसार विद्यालय बन्द गर्ने मोडालिटीबारे आजै सूचना जारी गरि जानकारी गराइनेछ ।