काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको बैठक डाकेको छ । जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौंमा तय गरिएको महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बताए ।
राप्रपाले पार्टीको सांगठनिक अवस्थाको समीक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको बैठक काठमाडौंमा बोलाएको हो ।
महामन्त्री गुरुङका अनुसार सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बककाकीको विवरण, नयाँ सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामावली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदनसहित उपस्थित हुन अध्यक्षहरुलाई पत्राचार गरिएको छ ।
जिल्ला अध्यक्षहरुको भेलामा अध्यक्ष राजेन्द्र सांगठनिक अवस्थाको समिक्षा गर्न राप्रपाले बोलायो जिल्ला अध्यक्षहरुको भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ्’ गर्ने पनि गुउनले बताए ।