साउथी सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौँ - न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथी टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। बंगलादेशका अलराउन्डर सकिब अल हसनलाई पछि पार्दै साउथी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन्।

शनिबार अस्ट्रेलियाविरुद्धको टी-ट्वेन्टी  विश्वकपको सुपर १२ को पहिलो खेलमा ३ विकेट लिँदै साउथीले यो उपलब्धि हासिल गरेका हुन्। उनले सन् २००८ देखि २०२२ को अवधिमा १ सय १ मा यो उपलब्धि हासिल गरेका हुन्। उनले यो उपलब्धि हासिल गर्न ३ सय ६७ ओभर बलिङ गरेका थिए।

यसैगरी दोस्रो स्थानमा झरेका बंगलादेशका सकिबले १ सय ४ खेलमा १ सय २२ विकेट लिएका छन्। उनले ३ सय ७८.३ ओभर बलिङमा यो उपलब्धि हासिल गरेका हुन्। अफगानस्तानका रासिद खान ७२ खेलमा १ सय १८ विकेटका साथ तेस्रो स्थानमा रहेका छन्।

यसैगरी १ सय ७ विकेटका साथ श्रीलंकाका लासिथ मालिंगा चौथो र १ सय ४ विकेटका साथ न्युजिल्यान्डका इस सोधी पाँचौं स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×