बाराक ओबामाले जिते एम्मी अवार्ड

काठमाडौँ - फिल्म, डकुमेन्ट्री तथा टेलिभिजनका कलाकार तथा प्राविधिकलाई प्रदान गरिने एम्मी अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जितेका छन्। उनले शनिबार सम्पन्न समारोहमा नेटफ्लिक्सको सिरिजका लागि गरेको भ्वाइस ओभरका लागि एम्मी जितेका हुन्।

बाराक ओबामाकै निर्माण कम्पनी  ‘हाइअर ग्राउन्ड’ले निर्माण गरेको डकुमेन्ट्री ‘आवर ग्रेट नेसनल पार्क’मा गरेको भ्वाइस ओभरका लागि ओबामालाई उत्कृष्ट ठहराइएको हो।

यसरी एम्मी जित्ने ओबामा दोस्रो राष्ट्रपति हुन्। यसअघि सन् १९५६ मा ड्वाइट डी इसनआवरले यो एम्मी जितेका थिए। बाराक ओबामाले भने यसअघि पनि एम्मी घर लग्ने मौका पाइसकेका छन्।

आफ्नै आत्मकथा ‘अडासिटी अफ होप’लाई अडियो बुकमा रुपान्तरण गर्दा आफ्नो आवाज दिएका थिए। उनले उसबेला दिएको आवाजले पनि एम्मी जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×