काठमाडौं । घरजग्गा किनबेच गर्न दर्ता भएका कम्पनी अर्थात व्यवसायिक रुपमा घरजग्गा कारोबार गर्ने व्यक्तिले सरकारलाई अर्ध र वार्षिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सर्कुलर जारी गर्दै कुनै पनि प्रकार र मूल्यमा घरजग्गा खरिदबिक्री गराउँदा सम्पती शुद्धिकरण निवारण ऐन बमोजिमका नियम पालना गर्न निर्देशन दिएको हो । यससँगै अब घरजग्ग व्यवसायीले सीमा र शंकास्पद कारोबारबाहेकका गतिविधिहरु खुल्नेगरी प्रीतवेदन बुझाउनुपर्ने छ ।
विभागले जारी गरेको सर्कुलरअनुसार व्यवसायीले घरजग्गा कारोबारको विवरण सम्बन्धीत मालपोत कार्यालयमा बुझाउनुपर्ने छ । साथै, सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तिय इकाईले तोकेको ढाचा सोही इकाईलाई यथासिघ्र बुझाउन निर्देशन दिएको छ ।
सम्बन्धीच मालपोत कार्यालयले कघरजग्ग व्यसायीले पेस गरेको प्रतिवेदन एकीकृत रुपमा विभागमा बुझाउनुपर्नेछ । सोही आधारमा विभागले आवश्इक समयमा निरीक्षण र अनुगमन गर्ने छ । निर्देशनविपरीत गतिविध गरेमा विभागले त्यस्ता व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । विभागले यसअघि २०७९ जेठ २४ गते जारी गरेको निर्देशन भने खारेज गरेको छ ।