करिम बेन्जिमा बने युरोपको उत्कृष्ट खेलाडी

काठमाडौँ - स्पेनिस क्लब रियाल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन्। टर्कीको इस्तानबुलमा बिहीबार राती भएको च्याम्पियन्स लिग २०२२/२३ को ड्र कार्यक्रममा अवार्डको विजेता घोषणा गरिएको हो।

३४ वर्षीय बेन्जिमाले आफ्नै क्लबका गोलकिपर थिबाउट कोर्तवा र म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनालाई पछि पारेका छन्। गत सिजन रियाललाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउने क्रममा बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

‘म निकै खुशी छु’ अवार्ड ग्रहण गरेपछि बेन्जिमाले भने , ‘मैले पहिलो पटक यो अवार्ड जितेको हुँ। तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको टिमको लागि ट्रफी जित्नु हो।’ रियालकै कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।

पुरुषको कोच अफ दि इयरको अवार्डमा एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे। एन्सेलोटीले गत सिजन रियाललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए।

महिलातर्फको बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्लेयर अफ दि इयर अवार्ड जितेकी छिन्। यस्तै महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन्।

इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीलाई यूईएफए प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×