बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् । 

 शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उहाँले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन् ।  

 मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए । 

 “बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु”, मन्त्री पौडेलले भन्नुभयो, “शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।” उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मनुभएको उल्लेख गरए । 

 “गौतमबुद्धले मानवकल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएका छ”, मन्त्री पौडेलले भए, “उनप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, ऊनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।” उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×