अर्जेन्टिनाको जितमा मेस्सीको दुई गोल

काठमाडौँ - विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले होन्डुरसलाई ३-० ले पराजित गरेको छ। मेस्सीले २ गोल गरेको खेलमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३४ खेलसम्म पुर्याएकाे छ।

अर्जेन्टिना पछिल्लो पटक २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अपराजित रहँदै आएको छ।

३५ वर्षीय कप्तान मेस्सीले मियामीस्थित हार्ड रक स्टेडियममा उपस्थित दर्शकमाझ आफ्नो सानदार प्रदर्शन जारी राखेका थिए। खेलको १६औँ मिनेटमा लोउटारो मार्टिनेजको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीले पेनाल्टीमार्फत टिमको अग्रता दोब्बर बनाएका थिए। ६९औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। इन्जो फर्नान्डेसको पासलाईमेस्सीले २५ यार्डबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो। अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान रेड बुल एरेना, न्यु जर्सीमा प्रतिस्पर्धा गर्ने छ।

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको समूह सी मा रहेको छ। जहाँ उसले समूहचरणमा पोल्यान्ड, मेक्सीको र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×