मण्डनदेउपुर नगरपालिकामा खोप र प्रसुति केन्द्र

काठमाडौँ - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पायक पर्ने स्थानबाट सेवामा पहुँच पुर्याउन थप दुई वटा खोप र एउटा प्रसूति केन्द्र स्थापना गरिएको छ। 

नगरपालिकाको विकट क्षेत्र वडा नं १ को बालुवापाटी र वडा नं ५ को गैह्रिविसौना देउपुरमा खोपकेन्द्र स्थापना गर्नुका साथै वडा नं २ को चुरीथुम्कामा प्रसूति केन्द्र स्थापना गरेको छ। नगरपालिकामा सात वटा स्वास्थ्यचौकी र पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र छन् र अहिले ग्रामीण क्षेत्रका बालबालिका तथा महिलाको स्वास्थ्य सेवालाई ध्यानमा राखेर थप दुईवटा खोप केन्द्र र एउटा प्रसूति केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए। 

नगरपालिका भएपछि तीनवटा सहरी क्लिनिक थप गरिएको घिमिरेको भनाइ छ। स्थापना गरेको खोपकेद्रमा बालबालिकालाई लगाउने नियमित खोप कार्यक्रम र कोभिड १९ विरुद्धको खोपसमेत सञ्चालन हुनेगरी सेवा प्रवाह हुनेछ। सो क्षेत्रमा स्थापना गरेको केन्द्रमा आवश्यक सामग्री र जनशक्तिसहित सेवा सुरु गरेको घिमिरेले बताए। अब बाँकी आवश्यक रहेको ठाउँमा पनि खोपकेन्द्र निर्माणको अन्तिम चरणमा रहेको उनले बताए।

वडा नं १ का वडाध्यक्ष लक्ष्मणप्रसाद बस्ताकोटीले स्वास्थ्य नै जीवन भएकाले स्वास्थ्य क्षेत्रको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। भूगोलको हिसाबले पनि निकै कुनामा रहेको बस्तीका समुदायलाई नजिकैबाट सेवा पुर्याउनका लागि माथिल्लो चुरीथुम्कालाई छनोट गरेर खोपकेन्द्र स्थापना गरेको उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×