तीन सिजनपछि प्रिमियर लिगमा फर्कियो बर्नमाउथ

काठमाडौँ- बर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ। बर्नमाउथ च्याम्पियनसिपअन्तर्गत गएराति नटिङ्गघम फरेस्टलाई १–० ले हराउँदै ३ सिजनपछि बर्नमाउथ प्रिमियर लिगमा फर्किएको हो।

ऊ सन् २०१९–०२० को सिजनबाट च्याम्पियनसिपमा झरेको थियो। घरेलु मैदान भिटालिटी स्टेडियममा बर्नमाउथलाई जित दिलाउन किफर मुरेले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए। 

बर्नमाउथ प्रिमियरल लिगमा बढुवा हुने दोस्रो टोली हो। यसअघि फुलहम पनि शीर्ष लिगमा उक्लिएको थियो। यो जितसँगै दोस्रो स्थानमा रहेको बर्नमाउथले ४५ खेलमा ८५ अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×