ज्याकलिन फर्नान्डेज व्यक्तिगत तस्विर बाहिरिएपछी तनावमा

भारत l पछिल्लो समय महँगा उपहारका कारण विवादमा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज यतिबेला एक तस्विरका कारण चर्चामा छिन् l  उनको र सुकेश चन्द्रशेखरको व्यक्तिगत तस्विर बाहिरिएपछी अहिले उनको चौतर्फी चर्चा परिचर्चा हुन थालेको हो l उक्त तस्विरले अभिनेत्रीलाई समस्यामा पारेको छ l उनले आफु तनाव बाट गुज्रीरहेको बताउदै यस्ता खबरहरूलाई गोप्य राखिदिन आग्रह गरेकी छिन् l

उनले विज्ञप्ति निकाल्दै लेखेकी छिन् "मलाई यो देशमा र यहाँका जनताले धेरै माया दिनु भएको छ। मिडियाका सबैले साथ दिनुभएको छ। उनी भन्छिन् ‘म यो समय निकै कठिन परिस्थितिबाट गुज्रिरहेको छु , आशा छ यो समयबाट म छिट्टै निस्कने छु , साथै मिडियाका साथीहरूलाई मेरो व्यक्तिगत फोटोलाई सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अनुरोध गर्छु, आशा छ न्यायको जित अवश्य हुनेछ।"

ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि उनी विवादमा मुछिएकी हुन् l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×