काठमाडौँ। प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'तिमीले सोचे जस्तो छैन' बोलको उक्त गीतमा यज्ञ राज पौडेलको शब्द तथा हरि लम्सालको संगीत रहेको छ। त्यसैगरि सुरज श्रेष्ठको संयोजन रहेको छ। गीतको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र बिक्रम श्रेष्ठको अभिनय रहेको छ। लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशनमा तयार भएको गीतको भिडीयो युट्युब च्यानल 'टुवेल्भ नोट्स'मा उपलब्ध छ।
भिडियो: